वाहुनवादी
बौद्धिक वर्गले अहिले पनि हिन्दूकरणको प्रक्रियालाई राष्ट्र निर्माणको प्रक्रियाका
रुपमा लिईरहेका छन् जुन बिल्कुल गलत नीति हो । उनीहरुले के कुतर्क
गरिरहेका छन् भने संस्कृतकरणले विविध संस्कृति भएका नेपालीहरुलाई एकै ठाउँमा
बाँधेको छ । यसले विभिन्न समुदायहरुको व्यवहार र मूल्य–मान्यताबीचमा समन्वय ल्याएको छ जसले गर्दा समाजका विविध
समूहबीच अन्तरक्रिया सम्भव भएको छ ।
यसवाट के सावित हुन्छ भने राज्यसत्ताको ढोकामा
हिन्दुवादको अघोषित सेन्सर बोर्ड लगाईएको छ, र जस्तोसुकै राजनीतिक शक्ति सत्तामा आएपनि हिन्दुवादवाट
संस्कारित नभईकन, मनुवाद रुपी
छोईछिटो नहालिकन सत्ताघरभित्र पस्न पाउंदैन । कम्युनिष्ट नेतृत्वका सरकारहरु पनि
सारमा हिन्दुवाद–मनुवादवाट दिक्षित
भएपछि मात्र सत्ताको बडघरमा पस्न पाएको भन्न सकिन्छ ।
0 comments:
Post a Comment