जहांसम्म जातिय दलहरुको प्रश्न छ, यिनीहरु योजनाविहीन र असंगठित छन् । राजनीति
शास्त्रको सामान्य नियम अनुसार नेपालमा सबैभन्दा ठुलो जनसांख्यिक समुह आदिवासी
जनजाति हुनाले यिनीहरु भविष्यमा वैकल्पिक राष्ट्रिय पार्टी बन्ने हैसियत राख्छन् ।
तर यो तब मात्र सम्भव हुन्छ जब योजनाबद्ध र संगठित प्रयास गरिन्छ ।
साना कम्युनिष्ट पार्टीहरु भविष्यमा कि त जातीय
पार्टीको रुपमा रुपान्तरीत हुने अथवा ठुला कम्युनिष्ट पार्टीमा विलय हुने सम्भावना
बढि देखिन्छ ।
राष्ट्रियता र अग्रगमनको प्रश्नमा ठुला र
मधेशवादी दलहरु स्खलित भैसकेका छन् । अब यो भन्दा अगाडि जाने हैसियत र कुव्वत
उनीहरुसंग छैन ।
0 comments:
Post a Comment